नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

नाकामा कडाइपछि स्थानीय तरकारीको माग बढ्यो, नेपालगन्जमा आधा घण्टामै बिक्री हुन्छ उत्पादन

आयात नियन्त्रणपछि स्थानीय किसान उत्साहित, बजारमा स्वदेशी तरकारीप्रति उपभोक्ताको आकर्षण

source:Tajakhabar
नेपालगन्ज । सरकारले सीमावर्ती नाकामा कडाइ गरेपछि नेपालगन्जमा स्थानीय किसानले उत्पादन गरेको तरकारीको माग उल्लेखनीय रूपमा बढेको छ। बाहिरबाट हुने अनियन्त्रित तरकारी आयात कम भएपछि स्वदेशी उत्पादनले बजार पाउन थालेको किसानहरू बताउँछन्।

स्थानीय बजारमा अहिले ताजा तरकारी किन्न उपभोक्ताको भीड लाग्ने गरेको छ। किसानहरूका अनुसार मिनी ट्रकभरि ल्याइएको तरकारी केही समयमै बिक्री हुने अवस्था बनेको छ।
स्थानीय कृषक सुरेन्द्र खड्का ले विगतमा उत्पादन भएर पनि बजार नपाउँदा तरकारी खेर जाने अवस्था रहेको स्मरण गर्दै अहिलेको परिवर्तनले किसानलाई राहत मिलेको बताए। उनका अनुसार अहिले उत्पादन ल्याएको एक–दुई घण्टामै सबै बिक्री हुने गरेको छ।

किसानहरूले आयात नियन्त्रणसँगै स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदा कृषि क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको बताएका छन्। स्थानीय उत्पादनले राम्रो बजार पाएपछि धेरै युवालाई कृषितर्फ आकर्षित गर्न सकिने अपेक्षा गरिएको छ।

Post a Comment

Previous Post Next Post