जेष्ठ ८ गते, शुक्रबार
सुरेन्द्र मण्डल, रंगेली
राष्ट्रिय स्वतन्त्र पार्टीको रंगेली नगरपालिका वडा नं. ५ को प्रथम वडा अधिवेशन आमगाछीस्थित भेडवा सामुदायिक भवनमा सफलतापूर्वक सम्पन्न भएको छ।
निरोध कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वसन्त कुमार मण्डल, विशिष्ट अतिथिमा मोरङ क्षेत्र नं. ५ का सभापति संकल्प अग्रवाल सहभागी हुनुहुन्थ्यो।
त्यसैगरी अतिथिहरूमा नगर सदस्य देव कुमार चौधरी, मन्तोस शाह लगायत वडा नं. ५ का दर्जनौँ घण्टीप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
* सभापति : निरोध कुमार मण्डल
* उपसभापति : वीरेन्द्र कुमार मण्डल
* सचिव : हरिश्चन्द्र मण्डल
* सदस्य : चुन्नी पासवान
* सदस्य : चन्दन कुमार मण्डल
* सदस्य : जशकरण मण्डल
* सदस्य : कल्पना कुमारी महतो
* सदस्य : सोनी कुमारी मण्डल
* सदस्य : लखि लाल माझी
नवनिर्मित समितिलाई नगर सदस्य देव कुमार चौधरीले सपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
वडा तहबाट संगठन विस्तार गर्दै जनताको आवाजलाई अझ सशक्त बनाउने” प्रतिबद्धतासहित अधिवेशन सम्पन्न भएको आयोजकले जनाएको छ।
