सरकारले जनतालाई तर्साएर घर भत्काउने कार्य रोक्नुपर्छ : नैनसिंह महर

संसद् छलेर अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिप्रति कांग्रेस नेता महरको आपत्ति

News source: onlineKhabar 
Image Gemini
डडेल्धुरा । नेपाली कांग्रेसका नेता नैनसिंह महर ले सरकारले जनतालाई तर्साएर घर भत्काउने अमानवीय कार्य रोक्नुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन डडेल्धुराले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार जनजीविकाप्रति गैरसंवेदनशील बन्दै गएको आरोप लगाए। उनका अनुसार देशका लागि जमिन र जनता दुवै उत्तिकै महत्वपूर्ण भए पनि वर्तमान कार्यशैलीले नागरिकको जीवनमा असहजता बढाएको छ।

नेता महरले संसद् अधिवेशन छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाउँदै यसले संसद्को सर्वोच्चतामाथि प्रश्न उठाएको टिप्पणी गरे।
उनले शक्ति सन्तुलनको सिद्धान्त विपरीत कार्यपालिका र न्यायपालिकाबीचको स्वतन्त्रतामा असर पार्ने खालका गतिविधि देखिन थालेको उल्लेख गरे।

पार्टीको आन्तरिक राजनीतिबारे गरिएको प्रश्नमा महरले आफू गुटबन्दीभन्दा माथि उठेर एकताबद्ध, गतिशील र रूपान्तरित कांग्रेस निर्माणको पक्षमा रहेको स्पष्ट पारे।

उनले अबको कांग्रेस लोकतन्त्र, संसदीय सर्वोच्चता र प्रेस स्वतन्त्रताको संरक्षणमा अझ सशक्त रूपमा उभिनुपर्ने बताए।

Post a Comment

Previous Post Next Post