रंगेलीमा एकदिवसीय नापतौल डोर सम्पन्न, ६६ व्यवसायी लाभान्वित

उपभोक्ता संरक्षणका लागि बजार अनुगमनसँगै मापन उपकरण जाँच, स्थानीय व्यवसायीलाई राहत

रंगेली, वैशाख २२

मोरङको रंगेली नगरपालिकाअन्तर्गत रहेको गौचर क्षेत्रमा एकदिवसीय नापतौल डोर सफलतापूर्वक सम्पन्न भएको छ। विराटनगरस्थित नापतौल कार्यालयबाट खटिएको उक्त डोर सब-इन्स्पेक्टर सजीव कुमार ठाकुरको नेतृत्वमा सञ्चालन गरिएको थियो।

कार्यक्रममा स्थानीय ६६ जना व्यवसायीहरूले आफ्ना व्यापारिक नापतौल यन्त्रहरू जाँच गराई प्रमाणपत्र प्राप्त गरेका छन्। उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष शाहका अनुसार डोरमार्फत ढक तराजु, डिजिटल काँटा लगायत विभिन्न नापतौल यन्त्रहरूको परीक्षण तथा प्रमाणीकरण गरिएको हो।

नापतौल कार्यालयले स्पष्ट पारेअनुसार व्यापारमा प्रयोग हुने सम्पूर्ण नापतौल यन्त्रहरू कार्यालयबाट जाँच तथा प्रमाणित गराई अनुमति पत्र लिनु अनिवार्य रहेको छ। बिना प्रमाणपत्र यस्ता यन्त्र प्रयोग गर्नु कानुनी रूपमा दण्डनीय अपराध मानिन्छ।कार्यक्रममा सहायक निरीक्षक ठाकुरले भने, “नेपालभित्र प्रमाणित भएका नापतौल यन्त्रहरू मात्र वैधानिक हुन्छन्। 

भारतीय वा अन्य विदेशी नापतौल यन्त्र प्रयोग गरेमा त्यस्ता यन्त्रलाई प्रमाणपत्र दिइँदैन। अनुगमनका क्रममा त्यस्तो पाइएमा कानुनअनुसार कारबाही गरिनेछ।”स्थानीय तहमा भारतीय नापतौल यन्त्रको प्रयोग अझै बढी रहेको र केही व्यवसायीहरूले जानाजानी गैरकानुनी यन्त्र प्रयोग गर्ने गरेको पनि देखिएको छ। यद्यपि, सेवा सहज बनाउन सञ्चालन गरिएको डोरमा नापतौल यन्त्र प्रयोगकर्ताहरूको उल्लेखनीय भीड देखिएको थियो।यस किसिमका कार्यक्रमले बजारमा पारदर्शिता र उपभोक्ता अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Post a Comment

Previous Post Next Post