नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

विद्युत् समस्याबाट सुनबर्सीमा दुःखद घटना, करेन्ट लागेर मृत्यु

भोल्टेज उतारचढावका कारण मोटरबाट करेन्ट लाग्दा ६५ वर्षीया महिलाको ज्यान गयो, स्थानीयद्वारा लापरवाहीको आरोप

Image: socialmedia 
मोरङ। सुनबर्सी नगरपालिका–९, महतो टोलमा विद्युत् सम्बन्धी समस्याका कारण एक दुःखद घटना भएको छ। करिब ६५ वर्षीया मङ्गली देवी महतोको चापाकलमा जडान गरिएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो।
स्थानीयवासीका अनुसार अचानक भएको तीव्र भोल्टेज उतारचढावले दुर्घटना निम्त्याएको हो। सोही घटनाका कारण आसपासका घरहरूमा जडान भएका मोटर, पंखा, फ्रिज, टेलिभिजनजस्ता विद्युतीय उपकरणहरूमा समेत क्षति पुगेको जनाइएको छ।
स्थानीयहरूले सम्बन्धित निकायको व्यवस्थापन कमजोरीका कारण यस्तो घटना भएको दाबी गर्दै आक्रोश व्यक्त गरेका छन्। यता विद्युत् प्राधिकरणले भने न्युट्रल तारमा समस्या आएपछि मर्मत गरिएको र घटनामा आफ्नो प्रत्यक्ष जिम्मेवारी नभएको जनाएको छ।

घटनापछि पीडित परिवारलाई क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग गरिएको छ।

Post a Comment

Previous Post Next Post