नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

गलत नक्सा विवादपछि नेपाल एयरलाइन्सको माफी, खेसारीलाल यादवको व्यंग्यात्मक प्रतिक्रिया

जम्मु–कश्मीरलाई गलत रूपमा देखाएको पोस्ट हटाइयो, भारतीय कलाकारको कडा टिप्पणीपछि माफी

Image: social media 
News
काठमाडौं । नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा सार्वजनिक गरेको गलत नक्सा विवादमा परेपछि माफी मागेको छ। उक्त नक्सामा भारत प्रशासित जम्मु–कश्मीर क्षेत्रलाई गलत रूपमा देखाइएको भन्दै व्यापक आलोचना भएको थियो।
विवाद चर्किएपछि एयरलाइन्सले सम्बन्धित पोस्ट हटाउँदै सार्वजनिक रूपमा क्षमायाचना गरेको छ। संस्थाले नक्सामा गम्भीर त्रुटि भएको स्वीकार गर्दै यसले आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ। साथै, घटनाबारे आन्तरिक समीक्षा भइरहेको पनि जनाएको छ।
यस विषयमा भोजपुरी फिल्म उद्योगका अभिनेता खेसारीलाल यादव ले व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्। उनले एयरलाइन्सको माफीसम्बन्धी पोस्ट सामाजिक सञ्जाल ‘एक्स’ मा सेयर गर्दै अंग्रेजी भाषा बुझ्न गाह्रो भए पनि माफी मागिएको जस्तो लागेको टिप्पणी गरेका छन्।
यसअघि पनि उनले दुई पटक सार्वजनिक रूपमा प्रश्न उठाउँदै नेपाल एयरलाइन्सले किन यस्तो संवेदनशील विषयमा गल्ती गरेको हो भनेर जवाफ मागेका थिए। उनले यसलाई सामान्य त्रुटि नभई गम्भीर विषय भएको बताएका थिए।
४० वर्षीय यादव भोजपुरी फिल्म क्षेत्रमा परिचित नाम हुन्। उनले दर्जनौँ फिल्ममा अभिनय गर्नुका साथै हजारौँ गीतमा स्वर दिइसकेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका थिए, “माई डियर नेपाल एयरलाइन्स, पोस्ट डिलिट गरेर मात्र जिम्मेवारीबाट पन्छिन मिल्दैन। यसबारे स्पष्ट जवाफ दिनैपर्छ। या त औपचारिक रूपमा माफी माग्नुस्, होइन भने किन यस्तो गल्ती भयो भन्ने प्रष्ट पार्नुस्। यति शान्त र मैत्रीपूर्ण छिमेकी देशको सन्दर्भमा यस्तो त्रुटि कसरी हुन पुग्यो भन्ने प्रश्न उठेको छ।”
यस विषयमा प्रतिक्रिया दिँदै नेपाल एयरलाइन्सले बिहीबार बिहान सार्वजनिक रूपमा आफ्नो गल्ती स्वीकार गरेको छ। कम्पनीले सो नेटवर्क नक्सामा गम्भीर त्रुटि रहेको जनाउँदै क्षमायाचना गरेको छ र उक्त सामग्री सामाजिक सञ्जालबाट हटाइसकेको जानकारी दिएको छ।
एयरलाइन्सका अनुसार, हालै शेयर गरिएको नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर नक्सांकन त्रुटि देखिएको थियो। साथै, उक्त नक्साले नेपाल वा नेपाल एयरलाइन्सको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने पनि स्पष्ट पारिएको छ।
निगमले विवादित नक्सा हटाइसकेको र यसबारे आन्तरिक समीक्षा प्रक्रिया अघि बढाइएको जनाएको छ, ताकि भविष्यमा यस्ता गल्तीहरू दोहोरिन नदिन सकियोस्।

Post a Comment

Previous Post Next Post