नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

१० दिनपछि त्रिशूली–३ ‘ए’को सुरुङबाट सञ्जय साहसहित दुई जनाको जीवित उद्धार!

१० दिनपछि त्रिशूली–३ ‘ए’को सुरुङबाट सञ्जय साहसहित दुई जनाको जीवित उद्धार!

सुरेन्द्र मण्डल ।

मोरङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनालाई १० दिनपछि जीवितै उद्धार गरिएको छ।

उद्धार हुनेमा सप्तरीका सञ्जय साहकाठमाडौंका कविर महर्जन रहेका छन्। सञ्जय साह नेपाल विद्युत् प्राधिकरणमा मेकानिकल फोरम्यानका रूपमा कार्यरत छन् भने कविर महर्जन आयोजनाका मेकानिकल सुपरभाइजर हुन्।

सञ्जय साहले उद्धारपछि आफू कन्ट्रोल रुममा कार्यरत रहेको र अरूको ज्यान बचाउन सबैलाई बाहिर निस्कन लगाउँदा आफू अन्तिममा निस्कन नसकेको बताएका छन्। सुरुङभित्र रहँदा आफू महामन्त्र जप्दै बसेको उनको भनाइ छ। उनले आफ्नो नजिकै अरू केही व्यक्ति पनि रहेको जानकारी दिएका छन्।

शुक्रबार बिहान संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्रबाट दुवै जनालाई जीवितै बाहिर निकालेको हो। उद्धारपछि उनीहरूलाई प्राथमिक उपचार गरिएको छ र थप उपचारका लागि सुरक्षित स्थानमा लगिएको छ। सञ्जय साहको उपचार नुवाकोटस्थित त्रिशूली अस्पतालमा भइरहेको र कविर महर्जनलाई काठमाडौं ल्याइएको जानकारी सार्वजनिक भएको छ।

यस घटनाले १० दिनसम्म पनि आशा नमार्नुपर्ने सन्देश दिएको छ। सुरुङभित्र अझै अन्य व्यक्ति रहेको हुनसक्ने जानकारी प्राप्त भएकाले खोज तथा उद्धार कार्य जारी छ। आयोजनाको भूमिगत क्षेत्रमा करिब ४२ जना कर्मचारी फसेको अनुमान गरिएको छ।

१० दिन अँध्यारो सुरुङभित्र जीवनसँग संघर्ष गरेर फर्किएका सञ्जय साह र कविर महर्जनप्रति सम्मान।

अन्य बेपत्ताहरूको पनि सकुशल उद्धार होस् भन्ने कामना।

नगरको खबर | सत्य–तथ्य समाचारको साथमा

#नगरकोखबर #त्रिशूली #त्रिशूली3A #सञ्जयसाह #कविरमहर्जन #जीवितउद्धार #रसुवा #भोटेकोशी #बाढी #उद्धारकार्य #नेपालसमाचार #BreakingNews

Post a Comment

Previous Post Next Post