नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

शुक्रबारदेखि लगातार ५ दिन सार्वजनिक बिदा, यी दिन बन्द रहनेछन् सरकारी कार्यालय

 गौरा र श्रीकृष्ण जन्माष्टमीदेखि न्वागी तथा जेन–जी शहीद स्मृति दिवससम्म लगातार पाँच दिन बिदा

Holiday


काठमाडौं — शुक्रबारदेखि नेपालमा लगातार पाँच दिन सार्वजनिक बिदा हुने भएको छ। विभिन्न पर्व तथा सरकारले घोषणा गरेको विशेष बिदा एकै अवधिमा परेपछि भदौ १९ गतेदेखि २३ गतेसम्म लगातार सार्वजनिक बिदा परेको हो।

भदौ १९ गते शुक्रबार गौरा पर्व तथा श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा रहेको छ। त्यसपछि भदौ २० गते शनिबार र २१ गते आइतबार नियमित साप्ताहिक बिदा परेको छ।

त्यसैगरी, बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) का अवसरमा भदौ २२ गते चितवन, धादिङ र मकवानपुरमा सार्वजनिक बिदा दिएको छ।

सरकारले भदौ २३ गते जेन–जी शहीदहरूको सम्झनामा सार्वजनिक बिदा दिने निर्णय गरेपछि लगातार पाँच दिन बिदा हुने अवस्था बनेको हो।

यसअनुसार भदौ १९, २०, २१, २२ र २३ गते गरी लगातार पाँच दिन सार्वजनिक बिदा परेको छ। प्रदेशअनुसार बिदाको प्रकृति फरक भए पनि राजधानीसहित सम्बन्धित क्षेत्रमा सरकारी तथा सार्वजनिक सेवा प्रवाह प्रभावित हुने देखिएको छ।

लगातार लामो समय सार्वजनिक बिदा परेपछि नेपालमा सार्वजनिक बिदाको संख्या र व्यवस्थापनबारे पुनः बहस सुरु भएको छ। विशेष परिस्थितिमा घोषणा हुने बिदा थपिँदै जाँदा नियमित सार्वजनिक बिदा पुनरावलोकन गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ।

सरकारले भने धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय घटनासँग सम्बन्धित अवसरलाई ध्यानमा राखेर सार्वजनिक बिदा घोषणा गर्दै आएको छ।

Post a Comment

Previous Post Next Post