नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

रसुवा–भोटेकोशी बाढी: १ हजार ५६ शव फेला, ४ हजार ६०६ अझै सम्पर्कविहीन

खोजी तथा उद्धार जारी, विभिन्न जिल्लामा हजारौँ सुरक्षाकर्मी परिचालन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला परेका शवको संख्या १ हजार ५६ पुगेको छ। नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म देशका विभिन्न स्थानबाट १ हजार ५६ जनाको शव फेला परेको हो।

नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा ३८, नुवाकोटमा १५१, धादिङमा ५७, चितवनमा ३२१, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६५ तथा भारतमा ५ शव फेला परेका छन्।बाढीपछि अझै ४ हजार ६०६ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिहरूको खोजीका लागि प्रभावित क्षेत्र तथा नदी किनारमा सुरक्षाकर्मी परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

४ हजार ५३० जनाको उद्धार

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४ हजार ५३० जनाको उद्धार गरिएको छ। उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।उद्धार गरिएका तथा विस्थापित व्यक्तिहरूलाई विभिन्न स्थानमा स्थापना गरिएका होल्डिङ सेन्टरमा राखिएको छ। हालसम्म ३ हजार ४५३ जना होल्डिङ सेन्टरमा रहेका छन्। तीमध्ये नुवाकोटमा २ हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौंमा ३२९ जना रहेको प्रहरीले जनाएको छ।

शव पहिचान र व्यवस्थापन चुनौतीपूर्ण

बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि शव पहिचान तथा व्यवस्थापनको काम पनि चुनौतीपूर्ण बनेको छ। फेला परेका शवमध्ये पहिचान खुलेका शव आफन्तलाई बुझाउने तथा पहिचान हुन नसकेका शवको व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ।यसअघि नै नेपाल प्रहरीले पहिचान नखुलेका तथा बेवारिसे शवसम्बन्धी विवरण आफ्नो प्रणालीमा राखेर आफन्त तथा परिचितलाई खोजी गर्न सकिने व्यवस्था गरेको छ।

खोजी तथा उद्धारलाई निरन्तरता

भोटेकोशीमा आएको बाढीको प्रभाव रसुवाबाट तलतर्फ नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा समेत परेको थियो। बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण, शव व्यवस्थापन तथा सडक अवरोध हटाउने कामलाई सुरक्षा निकाय र स्थानीय समुदायको समन्वयमा निरन्तरता दिइएको छ। सम्पर्कविहीन व्यक्तिहरूको संख्या अझै ठूलो रहेकाले परिवार तथा आफन्तहरू आफ्ना प्रियजनको अवस्थाबारे जानकारी पर्खिरहेका छन्। खोजी तथा पहिचानको काम जारी रहेकाले प्राप्त विवरण क्रमशः अद्यावधिक हुँदै जाने प्रहरीले जनाएको छ।

Post a Comment

Previous Post Next Post