नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

धनुषामा किशोरीको खुकुरी प्रहार गरी हत्या, दुई महिला घाइते

हत्यारो फरार, मृतकको आमा र भतिजी अस्पतालमा उपचाररत

धनुषा जिल्लामा खुकुरी प्रहार गरी एक १४ वर्षीया किशोरीको हत्या गरिएको छ भने दुई जना महिलाहरू घाइते भएका छन्।

जनकपुरधाम उपमहानगरपालिका–२ स्थित सञ्चय कोष नजिकै बसोबास गर्ने रामबाबु साह (३५) ले किशोरी अञ्जली यादवलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी अञ्जलीको मृत्यु भएको मधेस प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले जानकारी दिइन्।

घटनामा अञ्जलीकी आमा ३६ वर्षीया आशा यादवभतिजी राधा यादव समेत घाइते भई हाल प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत छन्।प्रारम्भिक अनुसन्धान अनुसार साहले खुकुरी लिएर पीडितको घरमा पुगेर विवादका क्रममा हमला गरेका हुन्। थप अनुसन्धानमा प्रहरीलाई थाहा लागेको छ कि अभियुक्त रामबाबु साह यसअघि आफ्नै श्रीमतीको हत्या अभियोगमा जेल बसेर छुटेका व्यक्ति हुन्।प्रहरीले घटनामा प्रयोग गरिएको धारिलो हतियारको खोजी गरिरहेको छ र फरार अभियुक्तको खोजीका लागि विशेष टोली परिचालन गरिएको जानकारी दिएको छ।

नगरको खबर संवाददाता
जनकपुरधाम

Post a Comment

Previous Post Next Post