सत्ता गठबन्धनमा चरम आन्तरिक किचलो: सरकारका साझेदार सबै दलभित्र असन्तोष र शक्ति संघर्ष चुलिँदै

ओली सरकारको एक वर्ष, तर गठबन्धन दलहरू विवाद, अनुशासन र नेतृत्व बहसमा अल्झिँदा सत्ता स्थायित्वको जोखिम

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गर्दा सत्तारूढ दलहरू आन्तरिक कलहमा अल्झिएका छन्। एमालेमा विद्यादेवी भण्डारीको सक्रियतासँगै नेतृत्व बहस चर्किएको छ भने कांग्रेसमा अनुशासन समितिको कारबाहीले गुटबन्दी झनै बढेको छ।

नेकपा एकीकृत समाजवादीमा माधवकुमार नेपालको मुद्दा र रामकुमारी झाँक्री विवाद तातेको छ। जसपा नेपाल सरकार छाड्ने–नछाड्ने अन्योलमा छ भने जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीमा पनि असन्तोष र विभाजन देखिएको छ।

गठबन्धन दलको आन्तरिक विवादले सरकारको स्थायित्व र राजनीतिक दिशामै प्रश्न उठेको छ।

Previous Post Next Post

Ads

نموذج الاتصال