नेपाल हुँदै भारत प्रवेश गरेको दाबीमा बिहारमा उच्च सुरक्षा सतर्कता

जैश–ए–मोहम्मदका तीन पाकिस्तानी नागरिक भारत छिरेको दाबीपछि सीमाक्षेत्रमा निगरानी कडा

नेपाल हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको दाबीपछि भारतीय सुरक्षासंस्थाले उच्च सतर्कता अपनाएको छ।

भारतीय प्रहरी मुख्यालयका अनुसार हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नाम गरेका पाकिस्तानी नागरिक नेपालमार्ग हुँदै भारत प्रवेश गरेको सूचनापछि बिहारमा सुरक्षा कडा पारिएको हो। उनीहरूको गतिविधि निगरानी गर्न गुप्तचर निकायलाई परिचालन गरिएको भारतीय सञ्चारमाध्यम इन्डिया टुडे ले उल्लेख गरेको छ।

समाचारअनुसार उनीहरू कुन सीमावर्ती नाका हुँदै भारत प्रवेश गरे भन्ने स्पष्ट छैन। तर प्रहरीले उनीहरूको हुलिया र परिचयसम्बन्धी विवरण सबै युनिटमा पठाएर सतर्क रहन निर्देशन दिएको छ।

न्युज–एट्टिन ले बिहारका सितामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौल जिल्लामा विशेष सतर्कता अपनाइएको उल्लेख गरेको छ। त्यस्तै, ईटिभी भारत का अनुसार स्थानीयलाई पनि कुनै शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।

यसअघि पनि सन् २०२४ मा नेपाल हुँदै भारत प्रवेश गरेको भन्दै भारतीय सुरक्षाकर्मीले तीन जनालाई पक्राउ गरेको घटना स्मरणीय बनेको थियो।

नगर को खबर डेस्क

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad