साउन महिनामा ६१ करोडभन्दा बढी राजस्व संकलन, सबैभन्दा धेरै अदालतको फैसला कार्यान्वयनबाट

अवैध सुन–चाँदी बरामद र ट्राफिक कारबाही राजस्व संकलनमा दोस्रो र तेस्रो स्थानमा

आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा कुल रु. ६१ करोड ०९ लाख ५४ हजार ७४३ राजस्व संकलन भएको छ।

यस अवधिमा सबैभन्दा ठूलो हिस्सा अदालतको फैसला कार्यान्वयनबाट उठाइएको हो, जसबाट रु. २४ करोड ३९ लाख ४७ हजार ६८४ अर्थात् करिब ३९.९३ प्रतिशत राजस्व संकलन भएको छ।

त्यसपछि अवैध सुन/चाँदी बरामदबाट रु. १४ करोड ४५ लाख ५८ हजार ८७१ (२३.६६%) र ट्राफिक कारबाहीबाट रु. १० करोड ०० लाख ८८ हजार ५९४ (१६.३८%) राजस्व संकलन भएको छ।

यस्तै,

  • अवैध मालसामान बरामद: रु. ९ करोड ७७ लाख ०० हजार १६४ (१५.९९%)

  • श्रोत नखुलेको रकम: रु. ८४ लाख ९२ हजार ४१५ (१.३९%)

  • हण्डी कारोबार: रु. ५० लाख ८१ हजार (०.८३%)

  • अवैध मुद्रा बरामद: रु. ३२ लाख ६६ हजार ४०० (०.५३%)

  • अवैध पशुपंक्षी: रु. ३० लाख ६७ हजार २९५ (०.५०%)

  • अवैध काठ बरामद: रु. २५ लाख १९ हजार ९७३ (०.४१%)

  • अवैध नदीजन्य पदार्थ उत्खनन: रु. २२ लाख ३२ हजार ३४७ (०.३७%)

समग्रमा हेर्दा साउन महिनामा संकलित राजस्वमध्ये सबैभन्दा ठूलो योगदान अदालतको फैसला कार्यान्वयन र अवैध सुन–चाँदी बरामदबाट आएको छ।

नगर को खबर डेस्क @nepalpolice  news source

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad