दिल्लीका होटलबाट ४० नेपाली महिला उद्धार

भारतीय प्रहरी र नेपाली दूतावासको संयुक्त पहलमा उद्धार, मानव बेचबिखनमा संलग्न दलालविरुद्ध अनुसन्धान सुरु

दिल्ली — भारतीय प्रहरी र नयाँदिल्लीस्थित नेपाली दूतावासको संयुक्त पहलमा दिल्लीको महिपालपुर क्षेत्रमा रहेका विभिन्न होटलहरूबाट ४० जना नेपाली महिला उद्धार गरिएको छ। ती महिलाहरूलाई घरेलु कामदारका रूपमा खाडी मुलुकमा बेच्ने तयारी भइरहेको खुलासा भएको छ।

नेपाल सरकारले वैदेशिक रोजगारीका लागि महिलालाई खाडी मुलुकमा पठाउन रोक लगाए पनि दलालहरूले भारतमार्ग प्रयोग गरी अवैध रूपमा महिला बेचबिखन गर्दै आएको प्रहरीको भनाइ छ।

उद्धार गरिएका महिलाहरूलाई अस्थायी सुरक्षित आवासमा राखिएको छ भने दलालहरूको खोजी तथा अनुसन्धान सुरु गरिएको भारतीय प्रहरीले जनाएको छ।

नेपाली दूतावासका अधिकारीहरूले पीडित महिलाको उद्धारपछि आवश्यक कागजात प्रक्रिया पूरा गरी चाँडै नेपाल पठाइने जानकारी दिएका छन्। साथै, यस घटनाले भारतमार्ग हुँदै भइरहेको मानव बेचबिखन नियन्त्रणका लागि नेपाल–भारत दुवै देशबीच थप सहकार्य आवश्यक रहेको दूतावासको भनाइ छ।

नगर को खबर डेस्क

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad