नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

रौतहट सुटकेस हत्या प्रकरणमा नयाँ खुलासा : ५ सयमा ई–रिक्सा भाडा, चालक पक्राउ

रौतहट — रौतहटमा सुटकेसभित्र २६ वर्षीया रुबीको शव भेटिएको घटनामा नयाँ तथ्य सार्वजनिक भएको छ। अनुसन्धानका क्रममा शव फाल्नका लागि ५ सय रुपैयाँमा ई–रिक्सा भाडामा लिइएको खुल्न आएको छ।

तर बाटोमै रिक्सामा समस्या आएपछि आरोपितले सुटकेस सडकमै छाडेर फरार भएका थिए। यस घटनासँग संलग्न भएको आरोपमा भाडामा दिएको ई–रिक्साका चालक लक्ष्मण महरा पक्राउ परेका छन्। प्रहरीले अनुसार उनले सामान मात्रै हो भन्ने बुझेर सुटकेस बोकिदिएको बयान दिएका छन्।

अनुसन्धानमा संलग्न अधिकारीहरूले मुख्य आरोपी विदेशबाट फर्किएका व्यक्ति भएको र उनी लामो समयदेखि रुबीसँग सम्पर्कमा रहेको जानकारी दिएका छन्। विदेशबाट ल्याएको सुटकेसमै रुबीको शव प्याक गरी फालिएको प्रमाण समेत फेला परेको छ।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र थप अनुसन्धान जारी रहेको छ।

नगर को खबर डेस्क

Post a Comment

Previous Post Next Post