नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

इम्बोस्ड नम्बर प्लेटविरुद्ध ‘जाग नेपाली’ अभियानको आन्दोलन घोषणा

काठमाडौँ — इम्बोस्ड नम्बर प्लेटमा नेपाली देवनागरी लिपि हटाउन खोजिएको भन्दै ‘जाग नेपाली’ अभियानले आन्दोलनको घोषणा गरेको छ। 

आइतबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक डा. दीपेश केसीले रोमन लिपिमा आधारित नम्बर प्लेटलाई मातृभाषामाथिको आक्रमणका रूपमा चित्रण गर्दै यसको विरोधमा उत्रिने घोषणा गर्नुभएको हो।

संयोजक केसीले दशैँ नजिकिएको अवसर पारेर असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारी निर्णय जनतालाई धम्की दिएजस्तै भएको टिप्पणी गर्नुभयो। उहाँले पुर्खाले जोगाएको भाषा मेट्न खोजिएको र विदेशी कम्पनीलाई अर्बौँ रकम बोक्ने कमिसनको खेल भइरहेको आरोप समेत लगाउनुभयो।

पत्रकार सम्मेलनमा बंगलादेशलगायत अन्य मुलुकमा आफ्नै भाषामा नम्बर प्लेट लागू भएको उदाहरण दिँदै नेपालमा भने देवनागरी हटाउने प्रयास भएकोमा आपत्ति जनाइएको थियो।

अभियानले असोज १ पछि इम्बोस्ड नम्बर जडान नगर्न आम नागरिकलाई अपिल गर्दै देवनागरी लिपि जोगाउन सबैलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।

यसैक्रममा अभियानले ९ र १० भदौमा विभिन्न राजनीतिक दल र संघ–संस्थालाई ज्ञापनपत्र बुझाउने, ११ भदौमा समाजका विभिन्न क्षेत्रसँग परामर्श गर्ने र १३ भदौमा थप कार्यक्रम घोषणा गर्ने जानकारी दिएको छ।

नगर को खबर डेस्क


Post a Comment

Previous Post Next Post