नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

स्वास्थ्य मन्त्री पौडेलद्वारा रङ्गेली अस्पताललाई १ करोड दिने घोषणा

मोरङ — नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मंगलबार मोरङस्थित रङ्गेली अस्पतालको अनुगमन गर्दै स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि १ करोड रुपैयाँ अनुदान दिने घोषणा गर्नुभएको छ।

अनुगमनका क्रममा मन्त्री पौडेलले अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावलाई उल्लेख गर्दै छिट्टै एमबिबिएस डाक्टरहरू पठाइने आश्वासन दिनुभयो। उहाँले सरकार गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न गम्भीर रहेको बताउँदै आवश्यक पूर्वाधार विकास र जनशक्तिको व्यवस्थापनमा प्राथमिकता दिइने स्पष्ट पार्नुभयो।

स्थानीयवासीहरूले लामो समयदेखि जनशक्ति र उपकरणको कमीका कारण उपचारमा समस्या आइरहेको भन्दै सुधारको माग गर्दै आएका थिए। मन्त्री पौडेलको प्रतिबद्धताले रङ्गेली अस्पतालको सेवा प्रवाहमा सकारात्मक टेवा पुग्ने विश्वास लिइएको छ।

नगर को खबर डेस्क

Post a Comment

Previous Post Next Post