नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

धनुषामा कृषि तथा पशुपन्छी सेवा केन्द्र उद्घाटन

मन्त्री अधिकारीले किसानलाई घरमै सेवा उपलब्ध हुने बताए

ललितपुर — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धनुषाको गणेशमान चारनाथ नगरपालिका–गोदारमा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको बुधबार उद्घाटन गर्नुभएको छ। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) मार्फत निर्माण गरिएको भवन नगरपालिकालाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा मन्त्री अधिकारीले किसानले आफ्नै गाउँ–घरमै कृषि तथा पशुपन्छीसम्बन्धी सल्लाह र रोगको समाधान पाउने व्यवस्था सरकारले गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले मन्त्रालयका विभिन्न निकायमार्फत किसानको दैलोसम्म सेवा पुर्याउने लक्ष्य रहेको बताउनुभयो।

पूर्व कृषि मन्त्री रामकृष्ण यादवले किसानलाई अझ बढी सहजीकरण गर्न आवश्यक रहेको धारणा राख्नुभयो भने पूर्व रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले कृषिको बजारीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

नगर प्रमुख जित नारायण यादवले अत्याधुनिक ल्याबसहितको सेवा केन्द्र सञ्चालनमा आएपछि कृषि र पशुपन्छीमा देखिने समस्या समाधानमा सहज हुने विश्वास व्यक्त गर्नुभयो।

आयोजनाका निर्देशक तथा सहसचिव डा. चन्द्र रिसालले केन्द्रको प्रभावकारी सञ्चालनमा स्थानीय पालिकाको सक्रिय भूमिका आवश्यक रहेको बताए। करिब २ करोड ३३ लाख रुपैयाँ लागतमा बनेको यस भवनमार्फत माटो परीक्षणदेखि पशु उपचारसम्मका सेवा उपलब्ध हुने महोत्तरीका आर्थिक करिडोर प्रमुख राजेश साहले जानकारी दिनुभयो।

नगर को खबर डेस्क

Post a Comment

Previous Post Next Post