उर्लाबारीमा लागुऔषधसहित कार र मोटरसाइकल पक्राउ

५ लिटर कोरेक्सजस्तो झोल पदार्थ र १५० थान नाईट्रोभेटसहित तीन जना पक्राउ

उर्लाबारी प्रहरीले गएराति चेकजाँचको क्रममा लागुऔषधसहित एक कार र मोटरसाइकल नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार उर्लाबारी–९ जोरबाटोमा बा ३ च ७९८१ नम्बरको कार र बा ६८ प ४०९८ नम्बरको मोटरसाइकल रोकेर जाँच्दा लागुऔषध फेला परेको हो।

कारभित्र ५ लिटर कोरेक्सजस्तो देखिने झोल पदार्थ र १५० थान नाइट्रोभेट गोली बरामद भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न दमक–४ का ४३ वर्षीय केदार ओझा, उर्लाबारी–४ का २२ वर्षीय एञ्जल दाहाल र उर्लाबारी–७ का ३२ वर्षीय सुजन सेन्दाङलाई पक्राउ गरिएको छ।

प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad