जनकपुरबाट मलङ्गवा जाँदै गरेको बस लच्का नजिक दुर्घटनाग्रस्त, सबैको अवस्था खतरामुक्त
सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका–४ लच्का नजिक पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्।
जनकपुरबाट मलङ्गवा जाँदै गरेको ग१ख ९४९४ नम्बरको यात्रीबस शुक्रबार साँझ सडक दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेका अनुसार, घाइतेमध्ये सबैको अवस्था खतरामुक्त छ।
घाइतेहरूमा धनुषा, सर्लाही, महोत्तरी लगायतका विभिन्न स्थानका यात्रु रहेका छन्, जसमा महिला, पुरुष र बालबालिका समेत छन्। उनीहरूको उपचार मोडेल अस्पताल लालबन्दी, सर्लाही लाइफलाइन अस्पताल नवलपुर र शुभस्वतिक अस्पताल बर्दिबासमा भइरहेको छ।
प्रहरीले सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।
नगर को खबर डेस्क