नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

अफगानिस्तानका १३ वर्षीय बालक ल्यान्डिङ गियरमा लुकेर भारतसम्म उडे

 ३० हजार फिटको जोखिमपूर्ण यात्रामा चमत्कारिक रूपमा ज्यान जोगियो

अफगानिस्तान, असोज ५__अफगानिस्तानका एक १३ वर्षीय बालकले सबैलाई अचम्ममा पार्ने गरी विमानको ल्यान्डिङ गियरमा लुकेरै भारतसम्म यात्रा गरेका छन्।

सुरक्षा विशेषज्ञका अनुसार विमानको पांग्रा नजिक लुकेर यात्रा गर्नु अत्यन्त खतरनाक मानिन्छ। यस्तो अवस्थामा यात्रु ३० हजार फिटको उचाइमा पुग्दा अक्सिजनको कमीका कारण केही मिनेटमै ज्यान गुमाउने उच्च सम्भावना हुन्छ।

तर चमत्कारिक रूपमा उनी सकुशल भारत पुगेका छन्। बालकले भनेका छन्, “विमानबाट जमिन कस्तो देखिन्छ भन्ने जिज्ञासाका कारण ल्यान्डिङ गियरमा बसेको हुँ।”

विशेषज्ञहरूले यसलाई ठूलो जोखिम मानेका छन् र यसले विमान सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठाएको बताएका छन्।

Post a Comment

Previous Post Next Post