नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

१ महिनामा बैंकिङ प्रणालीमा १ खर्बभन्दा बढी निक्षेप थप

दशैंअघि रेमिट्यान्स आप्रवाह बढेपछि निक्षेप संकलनमा वृद्धि

काठमाडौं, असोज__बैंकिङ प्रणालीमा एक महिनामै १ खर्बभन्दा बढी निक्षेप थपिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, गत भदौ १ गते प्रणालीमा ७२ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप थियो। तर असोज २ गतेसम्म यो रकम १ खर्ब १८ अर्बले बढेर ७३ खर्ब ५४ अर्ब पुगेको छ।

ब्याजदर न्यूनतम विन्दुमा पुगे पनि बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने प्रवृत्ति रोकिएको छैन। खासगरी दशैंलाई लक्षित गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्सका कारण निक्षेप संकलनमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता सुमन न्यौपानेले बताए।

‘दशैंअघि विदेशबाट धेरै पैसा पठाइन्छ, यही कारण निक्षेप बढेको हो,’ उनले स्पष्ट पारे।

कर्जा प्रवाह पनि बढ्यो

निक्षेपसँगै कर्जा प्रवाहमा पनि वृद्धि भएको छ। गत भदौ १ गते ५५ खर्ब ८३ अर्ब रहेको कर्जा असोज २ गतेसम्म आइपुग्दा ५६ खर्ब २७ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ।

यस अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५० खर्ब ४ अर्ब पुगेको छ भने कर्जा–निक्षेप अनुपात ७५.५७ प्रतिशत कायम भएको छ।

बजारमा लगानी अझै आकर्षक छैन

ब्याजदर घट्दा सामान्यतया लगानीकर्ता सेयर वा घरजग्गातर्फ आकर्षित हुने अपेक्षा हुन्छ। तर राजनीतिक अस्थिरता, लगानीयोग्य वातावरणको अभाव र बजारको स्थिरताले गर्दा वैकल्पिक क्षेत्रमा अपेक्षित सुधार देखिएको छैन। यसै कारण थोरै ब्याजदरमा भए पनि निक्षेप बढ्ने क्रम जारी रहेको बैंकर्सले जनाएका छन्।

Post a Comment

Previous Post Next Post