भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई सामान्य देखाउन सडकमा न्यून प्रहरी मात्र खटाइए पनि, संसद भवनभित्र भने ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरी योजनाबद्ध रूपमा गोली प्रहार भएको तथ्य बाहिर आएको छ।
प्रारम्भिक विवरणअनुसार, दुई दिनमै काठमाडौं उपत्यकामा मात्रै १३ हजारभन्दा बढी फायरिङ भएको प्रमाण सार्वजनिक भएको छ।
यसरी ठूलो संख्यामा गोली चलेको तथ्य सार्वजनिक हुँदा तत्कालीन ओली सरकारले गरेको “ताकी ताकी गोली चलेको छैन” भन्ने दाबी पूर्णतः झुटो सावित भएको छ।
अब यो विषयमा उच्चस्तरीय छानबिन आयोगको अनुसन्धान अझ संवेदनशील र निर्णायक बन्ने देखिएको छ।