नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

सामाजिक सञ्जालमा नयाँ अभियान : ‘झोले संस्कृति’ विरुद्ध युवाको आक्रोश

नेताको अन्धो समर्थन गर्ने कार्यकर्तामाथि ‘#ExposeJholey’ ट्रेन्डमार्फत युवाहरूको प्रत्यक्ष प्रहार

हालै सम्पन्न जेन–जी आन्दोलनपछि युवाहरूले सामाजिक सञ्जालमार्फत नयाँ अभियान सुरु गरेका छन्। फेसबुक र टिकटकमा फैलिएको ‘#ExposeJholey’ ट्रेन्डले नेताभन्दा बढी कार्यकर्ता तहलाई लक्षित गरेको छ।

यो अभियानले नेताको हरेक कदमको अन्धो समर्थन गर्ने र भीडमा नेता नजिक पुग्न तँछाडमछाड गर्ने संस्कृतिलाई ‘झोले प्रवृत्ति’ नाम दिएर व्यङ्ग्य गरेको छ।

युवाहरूको भनाइमा, दलभित्रको गलत संस्कृतिको जग यिनै कार्यकर्ताहरू हुन् जसले प्रश्न गर्ने साटो नेतालाई देवत्वकरण गर्छन्। यसले मुलुकमा भ्रष्टाचार र अव्यवस्था बलियो बनाएको उनीहरूको तर्क छ।

विशेषगरी, विभिन्न नेताका कार्यकर्ता भेलाका दृश्यहरूलाई व्यङ्ग्यात्मक शैलीमा सम्पादन गरी टिकटकमा भाइरल बनाइएका छन्। यसमार्फत युवाहरूले अभिभावकसम्मलाई चेतावनी दिँदै ‘पुराना दलको झण्डा बोकेर हिँड्दा नयाँ पुस्ताको भविष्य संकटमा पर्छ’ भन्ने सन्देश दिएका छन्।

अभियान आक्रामक तरिकाले अघि बढिरहेको छ र यसले कार्यकर्ता–नेता सम्बन्धमा नयाँ बहस सुरु गरिदिएको छ।

Post a Comment

Previous Post Next Post