नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

सिरहामा साढे सात लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

भगवानपुरका ४५ वर्षीय ओमप्रकाश साह सीमा नजिकै पक्राउ, नगद स्रोतबारे अनुसन्धान सुरु

सिरहा । सशस्त्र प्रहरी बल नेपाल, इनर्वा सीमा सुरक्षा गुल्मले ठूलो रकमसहित एक हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति भगवानपुर गाउँपालिका–४ जमुवाटोलका ४५ वर्षीय ओमप्रकाश साह रहेका छन्।

साह लोकहाबाट भगवानपुर चोकतर्फ पैदल जाँदै गर्दा प्रहरीले नियमित चेकजाँचका क्रममा उनीसँग ७ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो। नगदमध्ये एक हजार दरका ४७९ थान र पाँच सय दरका ५४२ थान नोट फेला परेका छन्।

स्रोत नखुलेको उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। साहलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रहरीका अनुसार यस घटनाबारे थप अनुसन्धान जारी छ।

Post a Comment

Previous Post Next Post