नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

जेन–जी आन्दोलन छानबिन : आयोगले ओलीसहित पाँच जनाको विदेश यात्रा रोक्न सिफारिस

भदौ २३–२४ को आन्दोलनसम्बन्धी छानबिनमा जाँचबुझ आयोगको निर्णय, काठमाडौं उपत्यका बाहिर जान पनि आयोगको अनुमति आवश्यक

काठमाडौं ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले उच्च पदस्थ पाँच जनाको विदेश यात्रा तत्काल रोक्न सरकारलाई सिफारिस गरेको छ। आयोगले असोज १२ गते बसेको बैठकमा उक्त निर्णय गरेको हो।

सिफारिस अनुसार विदेश भ्रमणमा रोक लगाइएकामध्ये निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन्।

आयोगले उनीहरूलाई न केवल विदेश भ्रमणमा जान रोक लगाउने, तर आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका पनि नछाड्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।

छानबिन आयोगले आन्दोलनका क्रममा भएको गोलीकाण्ड, आन्तरिक सुरक्षा व्यवस्थापन र निर्णय प्रक्रियामा संलग्न निकायहरूको भूमिकाबारे विस्तृत अध्ययन गरिरहेको जनाएको छ।

Post a Comment

Previous Post Next Post