जेन–जी आन्दोलनमा घाइते नुवाकोटका लक्ष्मण राईको उपचारका क्रममा मृत्यु

भदौ २३–२४ को प्रदर्शनमा गम्भीर घाइते भएका राईको त्रिवि शिक्षण अस्पतालमा गएराति मृत्यु, टाउकोमा गोली लागेको थियो

१३ असोज । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको उपचारका क्रममा मृत्यु भएको छ।

पञ्चकन्या गाउँपालिका–२ नुवाकोटका राईको गएराति करिब १२ बजे मृत्यु भएको परिवारले जनाएको छ। उनको शव अहिले त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पोस्टमार्टमका लागि राखिएको छ।

राईलाई प्रदर्शनका क्रममा टाउको पछाडिको भागमा गोली लागेको थियो। गम्भीर घाइते भएपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। उनी लामो समयदेखि आईसीयूमा कोमामा थिए।

काठमाडौंको बालाजु क्षेत्रमा मजदुरी गर्दै आएका राईको परिवारसँग नियमित सम्पर्क नभएको र पहिचानमा पनि केही समय लागेको थियो।

उनको निधनसँगै जेन–जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या थपिएको छ। प्रदर्शनका क्रममा टाउको र छातीमा गोली लागेर धेरै युवाहरू गम्भीर घाइते भएका थिए।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad