विराटनगर सीमासम्म बन्दे भारत रेल सेवा विस्तार, जोगबनी हुँदै संचालन हुने

पूर्णियासम्म मात्र चल्ने भनिएको बन्दे भारत अब विराटनगर नजिकैको जोगबनी रेल्वे स्टेशनसम्म आउने, यात्रु लाभान्वित हुने

पहिले पूर्णियासम्म मात्र सञ्चालन गर्ने भनिएको बन्दे भारत रेल सेवा अब विराटनगर सीमास्थित जोगबनी रेल्वे स्टेशनसम्म आउने भएको छ।

बिहारका अररिया सांसद प्रदीपकुमार सिंहका अनुसार भारतको केन्द्रीय रेल मन्त्रालयले जोगबनीसम्म बन्दे भारत रेल सञ्चालन गर्न स्वीकृति दिएको हो। उनले भने, “जोगबनी नेपाल–भारतको सिमानामा रहेको स्टेशन हो, यसबाट अररिया जिल्लासहित हजारौं यात्रुहरू लाभान्वित हुनेछन्।”

रेल मन्त्रालयका अधिकारीका अनुसार यो रेल पूर्णियाबाट सञ्चालन हुने र जोगबनी हुँदै अररिया तथा फारबेजगञ्जमा दुई–दुई मिनेट रोकिने व्यवस्था हुनेछ।

बन्दे भारत स्वदेशमै निर्माण भएको द्रुतगामी पूर्ण एसी रेल सेवा हो। अब यो रेल्वे जोगबनीदेखि पटनासम्म नियमित सञ्चालन हुने जनाइएको छ।

यसअघि नयाँ दिल्ली, कोलकत्ता र दक्षिण भारतका लागि जोगबनीमार्ग हुँदै रेल सेवाहरू सञ्चालन हुँदै आएका थिए।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad