नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

कालोमोसोको चेतावनीपछि यातायात व्यवस्था विभागमा सुरक्षा कडा

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारी निर्णयविरुद्धको चर्को विरोधसँगै विभाग परिसरमा आइतबारदेखि प्रहरी परिचालन

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारी निर्णयविरुद्ध चर्किएको विरोधबीच यातायात व्यवस्था विभागमा प्रहरीले विशेष सुरक्षा व्यवस्था गरेको छ।

साउन १२ गते बसेको संसदको विषयगत समितिको बैठकले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेसँगै विरोध तीव्र बनेको थियो। त्यसैका आधारमा विभागले केही दिनअघि सूचना जारी गरेपछि असन्तुष्ट समूहले आन्दोलन चर्काउँदै महानिर्देशक राजीव पोखरेलमाथि कालोमोसो दल्ने योजना सार्वजनिक गरेको थियो।

विभाग परिसरमा आइतबार बिहानदेखि प्रहरी तैनाथ गरिएको छ। विभागका निर्देशक नरहरि तिवारीले सुरक्षाको व्यवस्था गरिएको भए पनि अवस्था सामान्य रहेको जानकारी दिएका छन्। उनका अनुसार, बजारमा विरोध र हल्ला बढेपछि सुरक्षाका लागि प्रहरी परिचालन गर्नु स्वाभाविक भएको हो।

सरकारले तोकेको मूल्य महँगो भएको भन्दै धेरै उपभोक्ताले इम्बोस्ड नम्बर प्लेट प्रणालीमा असन्तुष्टि जनाउँदै आएका छन्।

Post a Comment

Previous Post Next Post