आजदेखि दशैंको सुरुवात, घरघरमा घटस्थापना गरी दुर्गा पूजा आरम्भ

घटस्थापनासँगै ९ दिनसम्म देवी दुर्गाको पूजा–अर्चना सुरु, शक्तिको आराधना गर्ने परम्परा

आज असोज शुक्ल प्रतिपदाका दिनबाट घटस्थापना गर्दै महान् हिन्दू पर्व दशैंको औपचारिक सुरुवात भएको छ। बिहान शुभ साइतमा घर–घरमा घटस्थापना गरेर जमरा रोप्ने परम्परा छ। वैदिक विधिअनुसार पूजा गरेर माटोको भाँडामा जौ रोपिन्छ, जसलाई नवरात्रभरि दुर्गा भवानीको शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ।

काठमाडौँको हनुमानढोकास्थित दशैंघरमा पनि विशेष विधिअनुसार जमरा रोपेर राज्यस्तरको घटस्थापना गरिएको छ। नवरात्रको पहिलो दिनदेखि नवमीसम्म देवी दुर्गाका विभिन्न रूपहरूको पूजा गर्ने चलन छ। भक्तजनहरूले दशैंलाई विजयको पर्वका रूपमा मनाउँदै शक्तिको आराधना गर्ने गर्दछन्।

यस पर्वले पारिवारिक एकता, आपसी सद्भाव र समृद्धिको कामना गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad

">Responsive Advertisement