सञ्चार मन्त्री जगदीश खरेलको घोषणा — डिजिटल पहुँच सबैका लागि सुनिश्चित गर्ने प्रतिबद्धता
५ असोज, काठमाडौं __नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले छोटो अवधिभित्रै सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने योजना सार्वजनिक गरेका छन्।
मन्त्री खरेलका अनुसार, २ महिनाभित्र काठमाडौं उपत्यकाभित्रका जुनसुकै सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट उपलब्ध हुनेछ। त्यस्तै, ५ महिनाभित्र राजधानीसहित सातै प्रदेशका १० वटा प्रमुख शहरका सार्वजनिक स्थानमा पनि यो सुविधा विस्तार गरिनेछ।
उनले डिजिटल पहुँचलाई नागरिकको आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। “सार्वजनिक स्थलमा सहज इन्टरनेट सेवा उपलब्ध गराउनु डिजिटल नेपाल निर्माणतर्फको ठोस कदम हो,” मन्त्री खरेलले भने।y