नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

जनमत पार्टीमा ठूलो विभाजन : उपाध्यक्षसहित ६ केन्द्रीय नेता पार्टी परित्याग

अध्यक्ष सीके राउतलाई २४ घण्टे अल्टिमेटमपछि सामूहिक राजीनामा, साधारण सदस्यतासमेत त्यागे

काठमाडौं __ डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा ठूलो विभाजन भएको छ। पार्टीका उपाध्यक्षदेखि प्रवक्ता र केन्द्रीय तहका नेतासम्मले बिहीबार पार्टी परित्याग गरेका छन्।

२४ घण्टाभित्र अध्यक्ष राउतलाई पदबाट राजीनामा दिन अल्टिमेटम दिएका उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिं यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमले साधारण सदस्यतासमेत त्यागेर पार्टी छाडेका हुन्।

अध्यक्षलाई राजीनामा दिन अल्टिमेटम दिएपछि राउतले सामाजिक सञ्जालमार्फत पार्टी छोड्ने समय आएको संकेत दिएका थिए। पार्टी परित्याग गरेका नेतामध्ये प्रवक्ता यादवले भने, “हामीले नयाँ पार्टी खोल्न भनेर राजीनामा दिएका होइनौं, उहाँलाई सहज होस् भन्ने हेतुले पार्टी छोडेका हौं।”

यस घटनाले जनमत पार्टीभित्र आन्तरिक कलह अझ गहिरिएको संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

Post a Comment

Previous Post Next Post