नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

केपी ओलीद्वारा वक्तव्य : सरकारले ताकीताकी गोली हान्ने आदेश नदिएको, स्वचालित हतियारबाट गोली प्रहारको छानबिन आवश्यक

भदौ २३–२४ को जेनजी आन्दोलनमा ७४ जनाको मृत्युप्रति दुःख व्यक्त गर्दै ओलीले घटनाको सत्यतथ्य उजागर गर्न छानबिनको माग गरे

भक्तपुर/काठमाडौं __निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी गरेको वक्तव्यमा जेनजी युवा आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि सरकारले ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन्। उनले प्रहरीसँग सम्बन्ध नरहेको स्वचालित हतियारबाटै गोली चलेको पाइएको दाबी गर्दै घटनाको तुरुन्त छानबिन आवश्यक रहेको बताए।

ओलीले आफ्नो भनाइमा भदौ २३ र २४ गते भएको आन्दोलनमा ७४ जनाको मृत्यु भएको र तीमध्ये अधिकांशलाई टाउको तथा छातीमा गोली लागेको तथ्यलाई उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् र घाइतेहरूको स्वास्थ्यलाभको कामना व्यक्त गरे।

वक्तव्यमा ओलीले जेनजी प्रदर्शन शान्तिपूर्ण रहने आशामा आह्वान गरिएको तर त्यसक्रममा घुसपैठ गर्ने तत्त्वहरूले हिंसा मच्चाएको दावी गरेका छन्। उनले भने, “सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्छ।”

ओलीले घटनापछि आफूले प्रधानमन्त्री पद छाडेर सिंहदरबार जलाइएको, नेपालको नक्सा नष्ट गर्ने प्रयास भए जस्ता गम्भीर घटना भएको भन्दै त्यसबारे समयले स्पष्ट पार्ने पनि बताएका छन्। उनले राज्यका निकाय, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालयहरूमाथि गरिएको क्षति तथा व्यक्तिगत सम्पत्तिमा भएको तोडफोडका घटनालाई पनि उठाएका छन्।

अन्त्यमा ओलीले संविधान दिवसको सन्दर्भमा नेपालको संविधान र त्यसले ल्याएको उपलब्धिलाई स्मरण गराउँदै देश र राष्ट्रिय सार्वभौमसत्ताको रक्षा आवश्यक रहेको जोड दिए। उनले वर्तमान परिस्थितिलाई सम्झदै नयाँ पुस्ताले समयसँगै सत्यलाई बुझ्ने र मूल्यांकन गर्ने विश्वास व्यक्त गरे।

Post a Comment

Previous Post Next Post