नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

आन्दोलनपछि रोकिएका सरकारी सेवा र विद्यालय भोलिदेखि सुचारु 📝

लामो समयको कर्फ्यू र निषेधाज्ञापछि स्थिति सामान्यतर्फ उन्मुख भएसँगै सरकारी कार्यालय र विद्यालयहरू भोलि आइतबारदेखि खुल्ने भएका छन्।

हालैको आन्दोलन र त्यसपछिको कर्फ्यू तथा निषेधाज्ञाका कारण अवरुद्ध भएका सरकारी सेवाहरू र शैक्षिक संस्थाहरू भोलि आइतबारबाट सुचारु हुने भएका छन्। पछिल्लो समय स्थिति सामान्य बन्दै गएकोले सरकारले सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार नै ७५३ वटै पालिकाहरूलाई सेवा सुचारु गर्न सर्कुलर जारी गरिसकेको छ। मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार, देशभरका सबै कार्यालयलाई सेवा सञ्चालनका लागि निर्देशन दिइएको छ। "क्षति भएका कार्यालयहरूलाई वैकल्पिक स्थान खोजेर भए पनि अत्यावश्यक सेवा अघि बढाउन भनिएको छ," उनले भने, "जहाँ क्षति भएको छैन, त्यहाँका कार्यालयहरूले सहज रूपमा काम गर्न सक्छन्।"

स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूबाट सबैभन्दा धेरै सेवा प्रवाह हुने हुँदा सर्वसाधारणका अत्यावश्यक कामहरू रोकिएका थिए। प्रवक्ता पराजुलीका अनुसार, क्षतिग्रस्त कार्यालयहरूको विवरण पनि संकलन भइरहेको छ।

त्यसैगरी, आन्दोलनले गर्दा बन्द भएका विद्यालयहरू पनि अब खुल्ने तयारीमा छन्। शिक्षा मन्त्रालयका सूचना अधिकारी मधुप्रसाद घिमिरेका अनुसार, स्थिति सामान्य भएपछि आइतबारदेखि नै विद्यालय खोल्ने तयारी गरिएको छ। विद्यालयहरू स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने भएकाले सम्बन्धित पालिकाहरूले अवस्था हेरेर विद्यालय सञ्चालनको जानकारी गराउनेछन्। "धेरैजसो ठाउँमा आइतबारदेखि नै स्कुल खुल्ने तयारी भएको जानकारी हामीले पाएका छौं," घिमिरेले बताए।

Post a Comment

Previous Post Next Post