नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

भाई टिका , भ्रातृ द्वितीया पर्व हर्षोल्लासका साथ मनाइँदैछ।

मोरङ ,६ कार्तिक !

आज सम्पूर्ण देशभर भाइटीका अर्थात् भ्रातृ द्वितीया पर्व हर्षोल्लासका साथ मनाइँदैछ।
दीपावली (तिहार) को पाँचौँ दिन मनाइने यो पर्वमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु,
सुख, समृद्धि र कल्याणको कामना गर्दै टीका र माला लगाइदिन्छन्।

धार्मिक विश्वासअनुसार यो दिन सूर्यदेवका सन्तान यमराज र यमुनाको भेट भएको दिन हो।
कथाअनुसार यमुनाले लामो समयपछि आफ्ना दाजु यमराजलाई निम्त्याएर घरमा टीका लगाइदिएकी थिइन्।
उनको श्रद्धा, स्नेह र आदरबाट प्रसन्न भई यमराजले आशीर्वाद दिएका थिए !
“आजका दिन जुन दिदीले आफ्ना दाजुहरूलाई टीका लगाउँछिन्, उनका दाजुहरूको आयु लामो होस्, उनीहरू यमलोकमा कहिल्यै अकालमा नजाओस्।”

त्यस दिनदेखि कार्तिक शुक्ल द्वितीयाको दिनलाई भाइटीका दिवस भनेर मनाउने परम्परा सुरु भएको जनश्रुति छ।
यसै दिन भगवान श्रीकृष्णले पनि नरकासुर वधपछि आफ्नी बहिनी सुभद्राबाट टीका ग्रहण गरेको कथा पनि प्रचलित छ। आजका दिन दिदीबहिनीहरूले यमपञ्चकको समाप्तिमा रंगीन टीका, मखमली माला, फलफूल र मिठाईको थाल तयार गर्छन्। दाजुभाइहरू दिदीको हातबाट टीका ग्रहण गरी आशीर्वाद लिन्छन् र उपहार प्रदान गर्छन्।

भाइटीका पर्वले भाइबहिनीबीचको आत्मीयता, विश्वास र संस्कारको अमर सम्बन्धलाई
मजबुत बनाउने विश्वास गरिन्छ।
परिवारमा मेलमिलाप, प्रेम र सद्भाव फैलाउने यो पर्वले
नेपालको सामाजिक संस्कृतिलाई अझै उज्यालो बनाउँछ।

Post a Comment

Previous Post Next Post