सुनसरीमा ठूलो लागूऔषध पक्राउ: तीन जना भारतीय नागरिक नियन्त्रणमा

ब्राउन सुगर र १ सय २० किलो गाँजासहित पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान जारी, दुई फरक स्थानबाट पक्राउ

सुनसरी । कार्तिक ४ गते सुनसरी जिल्लाका दुई फरक स्थानहरूमा प्रहरीले विशेष निगरानीमार्फत ठूलो परिमाणको लागूऔषध बरामद गरी तीन जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको टोलीले भारतको सुपौलका २० वर्षीय नवि हुसेन र सप्तरीका १९ वर्षीय मोहमद खुसिदलाई नियन्त्रणमा लिएको हो। उनीहरूबाट प्रहरीले ५३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।

त्यसैगरी, प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको टोलीले प्र–१–०२–००३ ह ८७०५ नम्बरको सिटी रिक्सामा राखिएको ४ बोराभित्र १ सय २० किलोग्राम गाँजा फेला पारी भारत सुपौलकै २० वर्षीय मोहमद ईम्तियाजलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। साथै, यो घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको बताइएको छ।

स्रोत: प्रहरी कार्यालय, सुनसरी
© Nagar Ko Khabar – 2025

Post a Comment

Previous Post Next Post

भर्खरको समाचार

Responsive Ad