गृहमन्त्री अर्यालको चेतावनी — “ओली कानुनभन्दा माथि छैनन्

पूर्वप्रधानमन्त्री ओलीमाथि अनुसन्धान हुन सक्ने संकेत, गृहमन्त्रीले भने — “अब पहिलाजस्तो हुँदैन

काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कानुनभन्दा माथि नरहेको स्पष्ट पारेका छन्। उनले ओलीमाथि आवश्यक परे अनुसन्धान हुन सक्ने संकेत गर्दै “अब पहिलेजस्तो युग फर्किँदैन” भन्ने टिप्पणी गरेका छन्।

सोमबार दिवंगत नेपाली विद्यार्थी विपिन जोशीको श्रद्धाञ्जली सभामा सहभागी हुन गएका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री अर्यालले ओलीको विदेश यात्रामा रोक लगाउने निर्णय सरकारले होइन, न्यायिक जाँचबुझ आयोगले गरेको बताए।

ओलीले आफूलाई रोक्न गृहमन्त्रीमाथि चुनौती दिएको विषयमा पत्रकारहरूले प्रश्न गर्दा अर्यालले भने,

“यो सरकारको निर्णय होइन, आयोगको हो। त्यसैले सोध्नुपर्‍यो आयोगलाई, सरकारले गरेको होइन।”

उनले थपे,

“केपी ओली मात्र कानुनभन्दा माथि बस्ने जमाना अब सकियो। पहिलाजस्तो हुँदैन अब।”

गृहमन्त्रीको उक्त वक्तव्यलाई राजनीतिक वृत्तले ओलीविरुद्धको अनुसन्धान प्रक्रियामा सरकार दृढ रहेको संकेतका रूपमा व्याख्या गरेका छन्।

Post a Comment

Previous Post Next Post