नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

जेनजी मुभमेन्ट नेपालद्वारा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामाको माग

सरकारको गैरजिम्मेवार निर्णय, अनियमितता र भ्रष्टाचार बढ़ेको आरोपसहित मुभमेन्टले देशभर सार्वजनिक बहिष्कारको आह्वान

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले राज्य सञ्चालनमा गैरजिम्मेवार कदम चालेको आरोप लगाउँदै राजीनामा माग गरेको छ। सोमबार सार्वजनिक गरिएको विज्ञप्तिमा संगठनले सरकारले गरेको निर्णयहरू पक्षपातपूर्ण, असन्तुलित र कुशासनले भरिएको दाबी गर्दै वर्तमान मन्त्रिपरिषद्लाई “सत्ता कब्जा गरेर बनेको सरकार” भनेर टिप्पणी गरेको छ।

मुभमेन्टले ऊर्जा, अर्थ, कानुन र सुरक्षा क्षेत्रका उच्च पदाधिकारीहरू संलग्न भएको भनिएका अनियमितता तथा दुराचारका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा उर्जामन्त्री कुलमान घिसिङले ४३ करोड रुपैयाँ नोक्सानी हुने निर्णय गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा योजनामा अवैध कर छुट दिएकाे तथा महान्यायाधिवक्ता सविता बराल भण्डारी किशोरीहरूको डिम्ब बिक्रीमा संलग्न भएको आरोप उल्लेख छ।

त्यस्तै, प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिवले आफन्तलाई नियुक्ति गरेको र गृहमन्त्री ओमप्रकाश अर्यालले काकालाई डीआईजी बनाउन सशस्त्र प्रहरीमा नयाँ दरबन्दी थपेको आरोप पनि मुभमेन्टले सार्वजनिक गरेको छ।

विज्ञप्तिमा वर्तमान सरकारका गतिविधिहरूलाई “सहिदहरूको बलिदानमाथि अपमान” भन्दै जनविश्वास र नैतिकता गुमाइसकेको दाबी गर्दै नागरिकलाई सरकारी निर्णयहरूको अवज्ञा गर्न आह्वान गरिएको छ। संगठनले प्रधानमन्त्री कार्कीलाई तत्काल पदबाट हट्न आग्रह गरेको छ।

Post a Comment

Previous Post Next Post