नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

पिताको बिदाइमा भावविह्वल मेयर बालेन, पशुपति आर्यघाटमा अन्तिम संस्कार सम्पन्न


७७ वर्षको उमेरमा निधन भएका रामनारायण शाहको अन्त्येष्टिमा प्रधानमन्त्रीदेखि शीर्ष सुरक्षा अधिकारीसम्मको उपस्थिति

 काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) का पिता रामनारायण शाहको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ। सिभिल अस्पताल, नयाँ बानेश्वरमा उपचाररत शाहलाई आज मध्यान्ह १२:२० बजे चिकित्सकले मृत घोषित गरेका थिए।

उनको ७७ वर्षको उमेरमा निधन भएको हो। शाह लामो समयदेखि मधुमेहका बिरामी थिए भने पछिल्लो केही दिनदेखि पिसाब संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ।

अन्त्येष्टि समयमा मेयर बालेन अत्यन्तै भावविह्वल देखिएका थिए। बालेनप्रति समवेदना व्यक्त गर्न प्रधानमन्त्री सुशीला कार्की, ऊर्जा तथा पूर्वाधार मन्त्री कुलमान घिसिङ, विभिन्न मन्त्रीहरू, नेताहरू, समर्थक तथा नागरिकहरू आर्यघाटमा पुगेका थिए। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की पनि श्रद्धाञ्जलि अर्पण गर्न उपस्थित भए।

Post a Comment

Previous Post Next Post