नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता उल्लंघन नगर्न निर्देशन

पश्चिम नवलपरासीमा हुने चुनावकेन्द्रित कार्यक्रममा प्रशासनले रोक लगाउँदै चेतावनी जारी

बुटवल —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज मंगलबार पश्चिम नवलपरासीमा हुने चुनावकेन्द्रित कार्यक्रमको क्रममा निर्वाचन आचारसंहिता उल्लंघन नगर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।
सुप्रिम सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सोमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका लामिछानेले सो अवसरमा रुपन्देहीका पाँच निर्वाचन क्षेत्रका करिब दुई दर्जन स्थानमा पुगेर समर्थकहरूसँग भेटघाट गरेका थिए। केही स्थानमा उनले सम्बोधनसमेत गरेका थिए।
त्यस्तै, पश्चिम नवलपरासीमा मंगलबार आयोजना हुने कार्यक्रमलाई प्रशासनले चासोका साथ नियन्त्रित गर्दै कुनै पनि गतिविधि आचारसंहिताको विपरीत नहुने सुनिश्चित गर्न आग्रह गरेको छ।
प्रशासनले जारी गरेको सूचनामा निर्वाचन आचारसंहिताका नियमहरूको पालना गर्नेतर्फ सबैलाई सचेत गराइएको छ।

Post a Comment

Previous Post Next Post