रंगेलीमा रास्वपा तदर्थ समिति गठन : सभापतिमा हरिन्द्र बराल, उपसभापतिमा मण्डल विजयी

रंगेलीमा रास्वपा तदर्थ समिति गठन : सभापतिमा हरिन्द्र बराल, उपसभापतिमा मण्डल विजयी

वैशाख २६ गते रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तदर्थ समिति गठन प्रक्रिया सम्पन्न भएको छ। रंगेलीस्थित बालाजी मन्दिरको सभा हलमा सम्पन्न कार्यक्रममा हरिन्द्र बराल तदर्थ समितिको सभापतिमा चयन भएका छन्।

तदर्थ समिति गठनका क्रममा उपसभापति पदका लागि भएको प्रतिस्पर्धा निकै रोचक बनेको थियो। उक्त पदका लागि वसन्त कुमार मण्डल, सविन कोइराला र परमेश्वर शाहबीच प्रतिस्पर्धा भएको थियो। मतदान प्रक्रियाअनुसार वसन्त कुमार मण्डलले ३१ मत प्राप्त गर्दै उपसभापतिमा विजयी भए भने सविन कोइरालाले २७ मत र परमेश्वर शाहले २० मत प्राप्त गरे। यससँगै मण्डलले निकटतम प्रतिस्पर्धीभन्दा ४ मतको अग्रता हासिल गरेका हुन्।

यसैबीच, फागुन २१ गते सम्पन्न प्रतिनिधि चुनावमा रंगेली नगरपालिका–५ बाट रास्वपा उम्मेदवार आशा झाको प्रचारप्रसारमा सक्रिय भूमिका खेलेका परमेश्वर शाहका लागि यो परिणाम अप्रत्याशित मानिएको छ। पार्टीको आन्तरिक प्रतिस्पर्धामा शाह तेस्रो स्थानमा सीमित हुँदै विजेताभन्दा ११ मतले पछि परेका छन्।
राजनीतिक रूपमा सक्रिय र प्रभावशाली रूपमा उभिँदै आएका शाहको पराजयले स्थानीय तहमा नयाँ समीकरणको संकेत गरेको विश्लेषण गरिएको छ। अर्कोतर्फ, वसन्त कुमार मण्डलको विजयसँगै रंगेली नगरपालिकामा रास्वपाको संगठन विस्तारले नयाँ गति लिने अपेक्षा गरिएको छ।

Post a Comment

Previous Post Next Post