नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

रास्वपा कोशी प्रदेशको ऐतिहासिक प्रदेश अधिवेशनमा

रास्वपा कोशी प्रदेशको ऐतिहासिक प्रदेश अधिवेशनमा सभापति पदका लागि ६ जनाको प्रतिस्पर्धा

आज जेठ २७ गते बुधबार, 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेशको ऐतिहासिक प्रदेश अधिवेशन मोरङको सुन्दरहरैँचा–९, विराटचोकस्थित इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठानको सामुदायिक भवनमा सम्पन्न हुँदैछ।

अधिवेशनमा सभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रारम्भिक नामावली अनुसार सभापति पदका उम्मेदवारहरूमा चन्द्र बहादुर राई (मोरङ), डा. खगेन्द्र कटुवाल (तेह्रथुम), चन्द्रकुमार गोली ‘निरज’ (झापा), गोमा तामाङ (सुनसरी), पारस मणि घिमिरे (उदयपुर) तथा पिताम्बर तिम्सिना (तेह्रथुम) रहेका छन्।

सभापति पदका उम्मेदवारका लागि रु. २१ हजार दस्तुर तोकिएको छ भने अन्य पदका उम्मेदवारका लागि रु. १० हजार दस्तुर निर्धारण गरिएको छ। प्रतिनिधिहरूका लागि रु. ५०० दस्तुर राखिएको छ।

निर्वाचन अधिकृतका अनुसार मतदान प्रक्रिया साँझ ५:३० बजेदेखि सुरु हुनेछ। कोशी प्रदेशको नयाँ नेतृत्व चयन गर्ने यस अधिवेशनप्रति प्रतिनिधि तथा कार्यकर्ताहरूको उत्साह उल्लेखनीय देखिएको छ।

"कोशी प्रदेशको नेतृत्व कसको हातमा पुग्ला? अब निर्णय प्रतिनिधिहरूको मतबाट हुनेछ।"

Post a Comment

Previous Post Next Post