लोकसंस्कृति संरक्षणको प्रयास: ' मैथलि गीत-नाद’ प्रतियोगिता घोषणा

-नाद’ मार्फत लोपोन्मुख मैथिली लोकगीतको संरक्षण

विराटनगर, २०८३ जेठ २० ।  

मैथिली विकास अभियानका अध्यक्ष नवीन कर्णले बुधबार पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरी ‘गीत-नाद: मैथिली लोकगीत प्रतियोगिता’ आयोजना गर्ने घोषणा गर्नुभएको छ ।  
मैथिली भाषा, संस्कृति र परम्परागत लोकगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस प्रतियोगितामा विराटनगरसहित आसपासका क्षेत्रका महिला समूहहरूको सहभागिता रहनेछ ।  
अध्यक्ष कर्णले भन्नुभयो, “मैथिली भाषा र गीतहरू हाम्रा पुर्खादेखि गाउँदै बजाउँदै बाजे-बजै, नाति-पनाति हुँदै हालसम्म चली रहँदा पनि यसको अभिलेख हुन सकेको छैन ।”  
उहाँले थप्नुभयो, “यस अन्तर्गत हाम्रो मैथिली विकास अभियानले दशकदेखि नै यस भाषा संरक्षणका लागि खोजतलास र भेला प्रतियोगिता कार्यक्रमहरू गर्दै आएको छ ।”  
उहाँले लोपोन्मुख अवस्थामा रहेको मैथिली भाषाअन्तर्गतका सम्पूर्ण अंश— मैथिली, अङ्गिका, मगही जस्ता बोलचालका भाषाका गीतहरूको अभिलेख तयार पार्ने बताउनुभयो ।  
अडिसन जेठ २३ गते बिहान १० बजेदेखि जनपथ टोलस्थित संगम पार्टी प्यालेसमा हुँदैछ । अडिसनबाट १२ वटा उत्कृष्ट समूह छनौट गरी जेठ ३० गते आरोहण गुरुकुलमा ग्राण्ड फिनाले हुनेछ । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १० हजार र ८ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ ।


Post a Comment

Previous Post Next Post