जनकपुरमा साहु–महाजनको विरोध प्रदर्शन, ९ बुँदे सहमति खारेज गर्न माग

जनकपुरमा साहु–महाजनको विरोध प्रदर्शन, ९ बुँदे सहमति खारेज गर्न माग

जनकपुरधाम । हालै सरकार र मिटर ब्याज (ऋण शोषण) पीडितबीच भएको ९ बुँदे सहमतिको विरोध गर्दै जनकपुरधाममा साहु–महाजनहरूले प्रदर्शन गरेका छन्।

उनीहरूले गृहमन्त्री सुधन गुरुङ र मिटर ब्याज पीडित पक्षबीच भएको ९ बुँदे सहमतिले कानुनी प्रक्रिया मिच्ने प्रयास गरेको आरोप लगाउँदै उक्त सहमति तत्काल खारेज गर्न माग गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले "कानुन मिच्न पाइँदैन", "९ बुँदे सम्झौता खारेज गर" लगायतका नाराबाजी गर्दै विरोध जनाएका थिए।

प्रदर्शनकारीहरूको भनाइ अनुसार कुनै पनि निर्णय विद्यमान कानुन र न्यायिक प्रक्रियाभित्र रहेर कार्यान्वयन हुनुपर्ने भएकाले सहमतिका केही बुँदाले कानुनी शासनमाथि प्रश्न उठाएको छ।

यसअघि मिटर ब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति भएको थियो, जसअनुसार मिटर ब्याजलाई आर्थिक अपराधका रूपमा कानुनी व्यवस्था गर्ने, विशेष कानुनको मस्यौदा तयार गर्ने लगायतका विषय समेटिएका छन्। उक्त सहमतिपछि मिटर ब्याज पीडितको आन्दोलन स्थगित गरिएको थियो। 

यद्यपि, सो सहमतिको विरोध गर्दै जनकपुरमा साहु–महाजन समुदायले सडकमा उत्रिएर आफ्नो असहमति सार्वजनिक गरेका हुन्।

Post a Comment

Previous Post Next Post