नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

नाबालकले सिटी सफारी चलाउँदा दुर्घटना, ठूलो क्षति हुनबाट जोगियो

नाबालकले सिटी सफारी चलाउँदा दुर्घटना, ठूलो क्षति हुनबाट जोगियो

सुरेन्द्र मण्डल 

रङ्गेली–५, आमगाछी । रङ्गेली नगरपालिका–५ आमगाछीमा आज बिहान सिटी सफारी अनियन्त्रित भई दुर्घटनामा परेको छ। स्थानीयका अनुसार उक्त सिटी सफारी मदनलाल मण्डलको रहेको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार बिहान करिब ७ बजे सवारी चलाउने क्रममा तिनमुखे बाटोमा तीव्र गतिमा पछाडि (ब्याक) गर्न खोज्दा सिटी सफारी अनियन्त्रित भई बाटोछेउमा पुगेको हो।

घटनाका क्रममा सिटी सफारीमा नाबालक चालक रहेको प्रत्यक्षदर्शीले बताएका छन्। सौभाग्यवश घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ।

सिटी सफारीले धेरैलाई रोजगारी तथा आम्दानीको अवसर दिएको भए पनि सार्वजनिक सवारी सञ्चालन गर्दा चालकको उमेर, दक्षता र ट्राफिक नियमको पालना अत्यन्त महत्वपूर्ण हुन्छ। नाबालकलाई सवारी चलाउन दिनुले चालक स्वयं मात्र नभई यात्रु तथा अन्य सर्वसाधारणको सुरक्षामासमेत गम्भीर जोखिम निम्त्याउन सक्छ।

यस घटनाले नाबालकबाट सिटी सफारी तथा अन्य सवारी साधन चलाउने प्रवृत्तिमाथि ट्राफिक प्रहरीको प्रभावकारी निगरानी र आवश्यक कारबाहीको आवश्यकता देखाएको छ।

स्थान : रङ्गेली–५, आमगाछी, मोरङ
समय : बिहान करिब ७ बजे

नगरको खबर

सत्य, तथ्य र स्थानीय आवाजको खबर

Post a Comment

Previous Post Next Post