नगर को खबर
सही सूचना, सच्चा समाचार
विश्वसनीय समाचार, सत्य तथ्य र निष्पक्ष रिपोर्टिङ
ताजा
अपडेट
विश्वसनीय
स्रोत
निष्पक्ष
समाचार
देश-विदेशका
खबर
🌐 www.nagarkokhabar.com
Nepal Temple & Mountain
FOLLOW US
जोडिनुहोस्, अपडेट रहनुहोस्
थप जान्नुहोस्

रास्वपा रंगेलीको कार्यकर्ता भेटघाट सम्पन्न, स्वास्थ्य मन्त्री मेहताद्वारा रंगेली अस्पताल निरीक्षण

रास्वपा रंगेलीको कार्यकर्ता भेटघाट सम्पन्न, स्वास्थ्य मन्त्री मेहताद्वारा रंगेली अस्पताल निरीक्षण

सुरेन्द्र मण्डल 

रंगेली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रंगेली नगर समितिको आयोजनामा रंगेलीस्थित तिरुपति बालाजी मन्दिरमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्वास्थ्य मन्त्री निशा मेहताको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा रंगेली, सुनवर्षी, रतुवामाई, धनपालथान र जहदा गाउँपालिकाका अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। भेटघाटका क्रममा कार्यकर्ताहरूले आ–आफ्नो क्षेत्रका स्वास्थ्यसम्बन्धी समस्या, स्वास्थ्य सेवा तथा स्वास्थ्य बीमासम्बन्धी सवाल मन्त्री मेहतासमक्ष राखेका थिए।

सुनवर्षीका सभापति चन्द्रबहादुर पाण्डे, जहदाका सभापति सुनिल मुखियालगायतले स्थानीय स्वास्थ्य समस्याबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए। सो क्रममा कार्यकर्ताहरूले विभिन्न स्वास्थ्य समस्यासम्बन्धी ज्ञापनपत्रसमेत मन्त्री मेहतासमक्ष बुझाएका थिए।

कार्यकर्ताहरूले उठाएका स्वास्थ्य बीमासम्बन्धी सवालको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा सुधार तथा नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा आफ्नो धारणा राखेकी थिइन्।

कार्यकर्ता भेटघाटपछि स्वास्थ्य मन्त्री निशा मेहताले रंगेली अस्पतालको समेत निरीक्षण गरेकी छन्। निरीक्षणका क्रममा अस्पतालको सेवा, व्यवस्थापन तथा स्थानीय नागरिकले पाउँदै आएको स्वास्थ्य सेवाका विषयमा जानकारी लिएकी थिइन्।

कार्यकर्ता भेटघाट तथा अस्पताल निरीक्षणमार्फत स्थानीय स्वास्थ्य क्षेत्रका समस्या र सुधारका आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने अवसर मिलेको आयोजकले जनाएको छ।

#रास्वपा #रंगेली #निशामेहता #रंगेलीअस्पताल #स्वास्थ्यसेवा #स्वास्थ्यबीमा #मोरङ #NagarKoKhabar

Post a Comment

Previous Post Next Post