इसाई समाज रंगेलीको दोस्रो साधारण सभा सम्पन्न

इसाई समाज रंगेलीको दोस्रो साधारण सभा सम्पन्न

सुरेन्द्र मण्डल !

रंगेली । असोज १२ गते सोमबार 

इसाई समाज रंगेलीको दोस्रो साधारण सभा आज रंगेली नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ। एक कार्यक्रमको आयोजना गरी सम्पन्न सभामा कोशी प्रदेशका पूर्वाधार मन्त्री सपना दर्जीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रमको अध्यक्षता रंगेलीका पास्टर सुधीर कुमार मण्डलले गर्नुभएको थियो भने कार्यक्रमको उद्घोषण रंगेली–५ का पास्टर देनियल वैधनाथ पण्डितले गर्नुभएको थियो।

कार्यक्रममा रंगेली नगरपालिका लगायत मोरङ जिल्लाका विभिन्न नगरपालिकाका पास्टर तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै भारतबाट आएका पास्टरहरूको समेत सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायत उपस्थित पास्टरहरूलाई खादा तथा ब्याच लगाएर सम्मान गरिएको थियो। यसैगरी, विगत दुई दशकदेखि रंगेलीमा अल्पसंख्यक समुदायका रूपमा इसाई धर्मअन्तर्गत रहेर जीवनयापन गर्दै आएका तीन जना ज्येष्ठ नागरिकलाई समेत खादा तथा ब्याच लगाएर विशेष सम्मान गरिएको थियो।

सभामा २०८२ सालको आय–व्यय विवरण प्रस्तुत गर्नुका साथै २०८३ सालका लागि प्रस्तावित कार्ययोजना समेत प्रस्तुत गरिएको थियो। आगामी दिनमा समाजको गतिविधि तथा सामाजिक कार्यलाई थप व्यवस्थित रूपमा अघि बढाउने विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रममा २०० भन्दा बढी इसाई समुदायका सदस्यहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। सभाले संस्थाको विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशा तय गरेको जनाइएको छ ।



Post a Comment

Previous Post Next Post

भर्खरको समाचार