रंगेली–५ मा जितिया पर्व महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
सुरेन्द्र मण्डल
रंगेली असोज १५ !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रंगेली नगरपालिका–५ वडा कार्यसमितिको आयोजनामा जितिया पर्वको अवसर पारेर विशेष जितिया पर्व महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
रंगेली–५ आमगाछीमा आयोजित कार्यक्रममा स्थानीय महिला, बालबालिका, समाजसेवी, बुद्धिजीवी तथा रास्वपाका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
रास्वाप रंगेली ५ का वडाध्यक्ष निरोध मण्डल काे अध्यक्षता मा सम्पन्न कार्यक्रममा रास्वपा कोशी प्रदेश सहमहामन्त्री मञ्जरी घिमिरे प्रमुख अतिथिका रूपमा तथा विशिष्ट अतिथिका रूपमा रंगेली–५ का वडाध्यक्ष महानन्द मण्डल, केन्द्रीय सदस्य निशा श्रेष्ठ, प्रदेश सदस्य सम्झना पण्डित, महाधिवेशन प्रतिनिधि धनेश्वर साह र बजरङ्ग अग्रवाल सहभागी हुनुहुन्थ्यो।
केन्द्रीय सहकारी विभाग सदस्य वीरेन्द्र साह, जिल्ला प्रतिनिधि परमेश्वर प्रसाद साह, महेश खनाल, मोरङ क्षेत्र नं. ५ का सभापति गणेश राय, उपसभापति सुरेन्द्र मण्डल, नगर सभापति हरिन्द्र बराल, उपसभापति बसन्त मण्डल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा आमगाछी सशस्त्र प्रहरी बलका प्रमुख, आमगाछी प्रहरी चौकीका इन्चार्ज, स्थानीय विद्यालयका शिक्षक प्रतिनिधि, समाजसेवी, महिला तथा बुद्धिजीवीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
मञ्चमा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूलाई खादा तथा टीका लगाई सम्मान गरिएको थियो। त्यसैगरी मञ्चमा उपस्थित क्राइम अप्रेसनका सम्पादक श्यामसुन्दर सुतीहार तथा मकालु टेलिभिजनकी पत्रकार उषा सरदारलाई समेत विशेष सम्मान गर्दै खादा तथा टीका लगाइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मञ्जरी घिमिरेले जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गर्दै पुस्तौंदेखि चलिआएको मौलिक परम्परा र संस्कृतिको संरक्षणमा सबैको भूमिका महत्वपूर्ण रहेको बताइन्। नयाँ पुस्तालाई समेत आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न यस्ता सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
कार्यक्रममा स्थानीय विद्यालयका बालबालिकाले सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउँदै जितिया पर्वसँग सम्बन्धित विभिन्न गीतमा आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।
बालबालिकाले प्रस्तुत गरेको आकर्षक नृत्यले मञ्चमा उपस्थित अतिथिहरू तथा सहभागी महिला दिदीबहिनीहरूलाई निकै मनोरञ्जन प्रदान गरेको आयोजकले जनाएको छ। बालबालिकाको उक्त प्रस्तुतिले नयाँ पुस्तामा समेत जितिया पर्वसँग जोडिएको मौलिक संस्कृति र परम्पराप्रति रुचि बढाउन सहयोग पुग्ने आयोजकको विश्वास रहेको थियो।
त्यसैगरी सांस्कृतिक कार्यक्रमसँगै म्युजिकल चेयर, हण्डीफोर लगायतका मनोरञ्जनात्मक कार्यक्रमले सहभागी दिदीबहिनीहरूलाई थप उत्साहित बनाएको थियो। प्रतियोगितामा विजयी बालबालिका तथा म्युजिकल चेयर र हण्डीफोर प्रतियोगिताका विजेताहरूलाई आकर्षक उपहारसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्देश्य जितिया पर्वको धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणसँगै सामाजिक आस्था तथा सद्भाव कायम गर्नु, पुरानो पुस्तादेखि चलिआएको संस्कृति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु तथा आफ्नो मौलिक पहिचानलाई जगेर्ना गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रमले जितिया पर्वको मौलिकता, धार्मिक विश्वास तथा सामाजिक महत्वलाई समुदायस्तरमा प्रवर्द्धन गर्नुका साथै महिला, बालबालिका र युवापुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्ने अवसर प्रदान गरेको आयोजकको भनाइ थियो।