भेडेटारबाट धरान आउँदै गरेको स्कुल बस औषधि पसलमा ठोक्किँदा १२ जना घाइते, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार जारी
सुनसरी —
धरान उपमहानगरपालिका–१३ स्थित जिरो प्वाइन्टमा आइतबार भएको स्कुल बस दुर्घटनामा घटनास्थलमै पाँच जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्ट नजिक रहेको औषधि पसलमा ठक्कर दिँदा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा महोत्तरी–८ गैडाबिदपुरका ३१ वर्षीय स्कुल सञ्चालक धैरिया कुमार यादव र जनकपुरका १८ महिनाका बालक रियव कुमार मण्डलको घटनास्थलमै मृत्यु भएको थियो। अन्य तीन मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको थियो।
दुर्घटनामा बसमा सवार ११ जना यात्रु र चालकसहित घाइते भएका थिए। घाइतेमध्ये धरान–१३ की ४३ वर्षीया यसोदा श्रेष्ठ, जनकपुरका २३ वर्षीय लक्ष्मी मण्डल, १८ वर्षीय राजा बाबु, २४ वर्षीय रोहित मण्डल, ४० वर्षीया मनिता देवी मण्डल, ३८ वर्षीय जितेन्द्र मण्डल, ४० वर्षीया सुनेना देवी मण्डल, १८ वर्षीय रोहन मण्डल, २५ वर्षीया रिता मण्डल तथा बस चालक २५ वर्षीय मोहम्मद गुलाल रहेका थिए। एक घाइतेको नाम खुलेको थिएन।
घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डिएसपी भीषण बाबु राईले जानकारी दिएका थिए।
दुर्घटनामा बसले जिरो प्वाइन्टमा रहेको ‘न्यु शबा मेडिकल’ नामक औषधि पसलमा ठक्कर दिँदा पसलमा क्षति पुगेको थियो भने एक स्कुटर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको थियो।

Ghaite ko photo upload garnu sir
ReplyDeleteYek Jana bachha ko ni mirtyu va x vanne sunn ma aayex